जनकपुर : कक्षा १२ को परीक्षा दिँदा नक्कली परीक्षार्थी रंगेहात पक्राउ


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मिथिला नगरपालिका ३ का नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ३ का १९ वर्षीय कुलदीप महतो छन् । प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार २०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ