मधेसबाट स्रोत नखुलेको यतिधेरै रुपैयाँसहित पक्राउ परे महतो


सर्लाही । स्रोत खुल्न नसकेको नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् । सीमा क्षेत्रबाट पक्राउ परेका भारतीयको साथबाट ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–२ का ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनको साथबाट ७ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

महतोले बरामद गरिएको रकमको स्रोत जुटाउन नसकेको प्रहरीको भनाइ छ । महतो आइतबार साँझ भारतको सोनवर्षा बजारबाट बीआर ३०ई ३९१४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गर्दा ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट पक्राउ परेका हुन् ।

नियमित गस्तीमा रहेको प्रहरीले महतोलाई शंका लागी जाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाएको अवस्थामा १ हजार नोटको ४ बण्डल र ५ सय नोटको ७ बण्डल गरि ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार २२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ