सप्तरीमा ट्रकको ठक्करबाट नेता चौधरीको मृत्यू, आक्रोशित स्थानीयले टायर बाले !


जनकपुरधाम । ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यू भएपछि सप्तरीमा अबेर रातिसम्म पूर्व-पश्चिम राजमार्ग स्थानीयले अबरूद्ध गरेका छन् ।

दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यू भएको हो । सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१०प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको बताइएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलित बनेका थिए । आन्दोलनका कारण अबेर रातिसम्य सडक अबरूद्ध बनेको थियो । अहिले विहान अबस्था सामान्य बनेको छ ।

प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार ०७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ