कारमा भेटियो करिब ४ करोड अबैध रुपैयाँ, चार चिनियाँ र एक नेपाली पक्राउ


काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उनीहरु थिए ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार १८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ