लहान नगरपालिका २३ मा हनुमान मन्दिर निर्माण, मेयर चौधरीले गरे उद्घाटन


जनकपुरधाम । सिरहाको लहान नगरपालिका २३ करैयामा मेयर महेश चौधरीले नवनिर्मित हनुमान मन्दिरको उद्घाटन गरेका छन् ।

एक समारोहबीच मेयर चौधरीले मन्दिरको उद्घाटन गरेका हुन् । उनले मन्दिरलाई व्यबस्थित गर्न आफूले आवश्यक काम गर्ने बताए ।

मेयर चौधरीले लहान २३ को विकासका लागि ५० लाख रूपैयाँ बजेट दिने घोषणा समेत गरेका छन् । उनले आफ्नो कार्यकालमा नै सबै बाटोघाटाेलाइ ढलाान र नाला बनाउने प्रतिबद्धता समेत जनाए ।

यस्तै सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदिले लहान २३ करैया टोलमा बर्सेनि हजारौं बिघा जमिन कटान गरेकोले तटबन्ध निर्माण गर्ने पनि बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार ०७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ