उपेन्द्र यादवले भने- अगामी निर्वाचनमा सबैलाई सहभागी गराउन नागरिकता विधेयक ल्याऔं


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनबाट तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसंग आग्रह गरेका छन् ।

प्रेस मञ्च धनुषाले जनकपुरमा राखेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई बंचित नगर्न तत्कालै नाकरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नागरिकता प्रमाणपत्र हुनु/नहुनु अलग कुरा हो । नागरिकता प्रमाणपत्र भएपछि मात्र नागरिक हुने चलन कतै छैन् । त्यसैले नेपालका हरेक नागरिकलाई निर्वाचनमा सहभागी गराउनुपर्छ ।’

‘आमा-बुवासंग जन्मसिद्ध नागरिकता छ तर उनीहरुका सन्तानलाई अनागरिकको व्यवहार गरिदैछ’, अध्यक्ष यादवले भने, ‘त्यसैले नागरिकता विधेयक पारित गरेर नागरिकता विहिन सबै नागरिकका नागरिकता दिनुपर्छ । र उनीहरुलाई मतदाता नामावलीमा सुचिकृत गराउनुपर्छ ।’

उनले संघीयता कार्यान्वयणका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता औल्याए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि माग गरे ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ