आगो लगाएर एकल महिलाको हत्या, प्रहरीले २ जनालाई समात्यो


दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ ।

शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टका अनुसार घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।

डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ