योगेश भट्टराईको टिप्पणी- मल नपाएर कृषिमन्त्री भारततिरै निर्वासित हुनुभयो कि ?


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले बालीनाली लगाउने बेला मलको हाहाकार भइरहेको भन्दै मल ल्याउन भनि भारत गएका कृषिमन्त्री मल नपाएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका निम्तिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘बालिनाली लगाउने बेला भइसकेको छ। मलको हाहाकार छ । हामीले सुनिरहेका छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ। कहाँ पुग्नुभयो? उहाँको हालखबर के छ? मल आउँछ कि आउँदैन?,’ उनले प्रश्न गरे, ‘मल लिएर आउनुहुन्छ कि आउनुहुन्न? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ।’

उनले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाए। ‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ। माल नआउन्जेल मल आउनेवाला छैन। हामीले मल खोजेका हौं, मालको पछाडि लाग्न खोजेका होइनौं,’ उनले भने ।

उनले बजेटमा राखिएको किसान पेन्सनको विषयमा पनि बजेटमा प्रष्ट नभएको भन्दै त्यसको स्पष्ट व्याख्या हुनुपर्ने बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ