७० वर्ष नाघेकालाई चुनाव लड्न नदिन संविधान संशोधन गरौं : योगेश भट्टराई


काठमाडौं । नेकपा एमाले सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेकालाई चुनाव लड्न नदिने कानून बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्छ ।’

अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने र त्यसका लागि संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने उनले बताए ।

‘राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ’, उनले भने, ‘अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो ।’

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ