किसानलाई समयमै आवश्यक मलखाद्य उपलब्ध गराउन सांसद अरगरियाको माग


जनकपुरधाम । पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए ।

‘सरकारले यस पटक पनि समयमा उपलब्ध गराएको छैन्’ उनले भने, ‘त्यसैले समयमा पर्याप्त मलखाद्य उपलब्ध गराउन माग गर्दछु ।’

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ