म ३ बाट एकैचोटी ५ कक्षा पुगेको थिए : माधवकुमार नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेको खुबी सानैमा देखिने बताएका छन् ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीको पहिलो काम नै पढ्ने भएको र आफू एकैचोटी ३ बाट ५ कक्षामा पुगेको बताएका हुन् ।

उनले भने, ‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनुभयो ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनुभएको छ । राम्रा मान्छेले फड्को मार्छन्, म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ। मान्छेमा खुबी छ भने त्यो सानैमा देखिन्छ ।’

उनले किताबको कोर्स र राजनीतिलाई मिलाएर पढाइमा ध्यान दिन विद्यार्थीहरुलाई निर्देशन दिए ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ