जनकपुर : जिल्ला समन्वय समिति सभापतिमा मण्डलसहित कांग्रेसका प्यानलै विजयी


जनकपुरधाम । जिल्ला समन्वय समिति धनुषामा सभापति, उपसभापति सहित सबै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।

बुधबार जिससका सभापति, उपसभापति सहित सातजना सदस्यको मनोनयन दर्ताको समय रहेको थियो । तर नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेकाले सबै पदमा निर्विरोध भएको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार
सभापतिमा राजनन्द मण्डल राज र उपसभापतिमा संगीतादेवी ठाकुर निर्विरोध भएकी छन् ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर र फगु यादव तथा महिला सदस्यहरूमा गीतादेवी यादव, विकादेवी मिजार र सोनितादेवी सदा निर्विरोध भएकी छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतो निर्विरोध भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ