मेयर बालेन शाहलाई एमालेले पूर्णरूपले सहयोग गर्छ : सांसद राई


काठमाडाैं । नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । सांसद राईले भने, ‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु- हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुखजस्तै आज उपप्रमुखको रूपमा विजय हासिल गर्नुभएकी सुनिता डंगोलले तपाईंलाई असहयोग गर्नु हुने छैन ।’

मेयर बालेन शाहलाई पूर्णरूपले सहयोग गर्न चाहेको तर उनले संयता अपनाएर अगाडि बढ्न जरुरी रहेको सांसद राईले बताएका छन् ।

फोहोरमैलाले काठमाडौँवासीलाई अत्यन्तै अफ्ठेरो पारेको पनि उनले बताए । काठमाडौँको फोहोर नउठ्दा सिंगो देश प्रभावित बनेको उनकाे भनाइ छ ।

‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु’, सांसद राईले भने ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ