विदेशमा बस्ने नेपालीलाई पनि भोट खसाल्ने व्यबस्था मिलाउन सांसद पन्तको माग


काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन् ।

मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै सांसद पन्तले विदेशिएका नेपालीले सो अधिकार गुमाइरहेको उल्लेख गरिन् ।

‘नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइराखेका छन्’ उनले भनिन् ।

कुल मतदाताको २० प्रतिशत विदेशमा रहेको भन्दै पन्तले ती नागरिकलाई मतदान गर्न पाउने संवैधानिक हकबाट वञ्चित गराउन नहुने बताइन् ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ