बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने रामवीर मानन्धरको चेतावनी, यस्तो छ शर्त


काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताएका छन् ।

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा उनले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताएका हुन् ।

उहाँले सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिद बाहेक अर्को विकल्प नरहेको बताए ।

नेता मानन्धरले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न सरकारसँग अनुरोध गरे ।
नेता मानन्धरले फोहोर विसर्जनको उत्तम विकल्प भनेकै मेसिन भएको बताए ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार १९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ