एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताएका छन् ।

अध्यक्ष ओलीले एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा नरहेको पनि दाबी गरे । नेकपा एमाले मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको बताए ।

उनले पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको टिप्पणी गरे । गठबन्धन नहुँदा सबै पार्टी धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको उनले बताए ।

वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउँछु भन्ने अर्थमन्त्रीको बजेट भाषण हावादारी गफमात्र भएको उनको टिप्पणी थियो । आफूले गरेको संसद विघटनको बचाउ गर्दै ओलीले संसद विघटन प्रतिगमन नभएको दाबी समेत गरे ।

कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न ओलीले कार्यकर्तालाई निर्देशनसमेत दिए । शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चाहि प्रतिगमन भएको उनले बताए ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ