चोरी गरेर भाग्न खोज्दा ४ तल्ले होटलबाट खसेर यादवको ज्यान गयो


भैरहवा । भैरहवामा एक युवकको शव फेला परेको छ । बसपार्क नजिकै होटल सि प्रिन्स तल युवकको शव फेला परेको हो ।

४ तले होटलको कुन तलाबाट खसेर उनको मृत्यु भएको अहिले सम्म खुलेको छैन । होटलमा युवक अन्य साथीहरुसंगै बसेको र चोरी गरेर भाग्ने क्रममा खसेपछि उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।

मृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ ।

घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ