मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा पुग्न सफल


राजविराज । मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस नेपाल २०२२ को आयोजक द हिडेन ट्रेजरको आयोजनामा भइरहेको मिस नेपाल को प्रतियोगिताको लागि काठमाण्डौ अडिसनमा छनौट भएकी आकृतीले गत जेठ ३ गते काठमाण्डौमा पहिलो अडिसन दिएकी थिइन् ।

सुन्दरतालाई मोडलिङ्गसँग मात्रै नजोड्ने आकृतीले अहिलेसम्म कोही व्यक्ति तथा संस्थाबाट मोडलिङ्ग सम्बन्धिको तालिम लिएकी भने छैनन् । रामधुनीको झुम्का स्थित रामधुनी बोर्डिङ्ग स्कुलबाट एसइइ सम्मको अध्ययन सकेकी यी सुन्दरी मधेसी र मैथीली भाषी समुदायको समेत प्रतिनिधित्व गर्छिन् ।

सप्तरीको बोदे बरसाईन नगरपालिका –८ काचनमा जन्मेर सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामै हुर्किएकी आकृतीले लहानको सगरमाथा एजुकेशनल एकेडेमीबाट भर्खरै नर्सिङ्गको अध्ययन सकाएकी छिन् ।

मोडलिङ्गमा कहिलेबाट लाग्नुभयो भन्ने प्रश्नमा आकृतीले आफु मोडलिङ्ग गरेर कहिल्यै नहिँडेको र लकडाउनको समयमा आफैँले घरमै तयारी गरेर काठमाण्डौको ढाका इभेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर एकल प्रयासबाटै रनर अप बन्न सफल भएको बताइन् ।

‘लकडाउनको समयमा सेल्फ प्रिपियरबाटै ढाका इभेन्टमा सहभागी भएको थिए, रनर अप हुन सफल भए ।’ आकृतीले भनिन् । रनर अप भइरहँदा उनले ‘फेस अफ लकडाउन’को टाइटल समेत जित्न सफल भएकी थिइन ।

सुन्दरता सम्बन्धि प्रतियोगितामा सहभागी भइरहँदा आफुलाई आमा उर्मिला कुमारी शाहबाट बारम्बार प्रेरणा र हौसला पाएको आकृती बताउँछिन् । उनले सबैको माया पाए मिस नेपालको उपाधी पनि जितन सकिने बताईन् ।

मिस नेपालको उपाधीको लागि समाजका व्यक्तिहरुले मलाइ भोट गर्नु पर्ने उनले संदेश दिईन । खलति अपलिकेश डनलाउड गरी अपसनमा गएर मलाई भोट गर्न सकिने उनले बताईन ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ