रेनु दाहालको सिको गर्दै बालेनले चाले अर्को कदम, विद्यासुन्दरलाई तनाव


काठमाडौं । भ्रष्टाचार निवारण गर्नका लागि बेरुजुको मात्र सकेसम्म घटाउनु पर्छ । बेरुजु नियन्त्रणमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा अगाडि देखिन्छ ।

त्यही भरतपुरकी मेयर रेनु दाहालको सिको गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि केरुजुलाई घटाउने योजना सुनाएका छन् । मेयर शाहले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन् ।

‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ मेयर शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा शाहले बेरुजु नियन्त्रणको सुझाव दिएका हुन् । उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन् ।

‘भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्,’ उनले भनिन् । उपमेयरको बोल्ड बोली पछि सामाजिक सञ्जालमा मेयर बालेन साह भन्दा उपमेयर सुनिता डंगोल झन् कडा बनेर निस्किएको टिप्पणी भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका बेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा बेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे । ‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौँ,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौं । त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौं ।’

अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फर्स्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार ०६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ