ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छाेरीको मृत्यु


Todaykhoj News

काठमाडौं । हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

भारतबाट ग्यास बोकेर आएको एनएल–०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु–छोरीको मृत्यु भएको प्रहरी जनाएको छ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार ०८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ