मधेस : बोक्सी भन्दै महिलालाई सडकमा घिसारेर कुट्ने दुई जना पक्राउ


जनकपुरधाम । महोत्तरीको जलेश्वरमा बोक्सीको आरोपमा दुई जना महिलालाई कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका ६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केहि व्यक्तिले बोक्सीको आरोपमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुबैको चूल्ठो समातेर हात, लाठी र लाती समेतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनीहरुले दुबै महिलालाई २६ जेठको बिहान कुटपिट गरेको राईले बताए । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्,’ प्रहरी निरीक्षक राईले भने, ‘घट्नामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध कारबाही अगाडी बढाएको र अन्यको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ