Breaking- जन्मसिद्ध नागरिकका सन्तानहरू एक साताभित्र नागरिकता पाउँछन् !


टुडेखोज, जनकपुरधाम । जन्मसिद्ध नागरिकका सन्तानहरु एक साता भित्र नागरिकता पाउने दावी गरिएको छ ।

जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको तस्वीर शेयर गर्दै यस्तो दावी गरेका हुन् ।

सांसद यादवले भनेका छन्- पटक पटक सडकदेखि सदनसम्म उठाएको आवाज अब सरकारले सुन्ने भएको छ । प्रधानमन्त्री देउवाले यही साताभित्रै नागरिकताको समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।’

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन आज जनता समाजवादी पार्टी नेपालका माननीय सांसदका टोली संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्रीसंग भेटेर ध्यनाकर्षण गराएको र सो क्रममा समस्या समाधान हुने प्रतिवद्धता जनाएको सांसद यादवले उल्लेख गरेका छन् ।

उनले सयौँ अनागरिकलाई नागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुती दिलाउन अनुरोध पनि गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार २०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ