महोत्तरीमा सशस्त्र प्रहरीले तस्करीका लाखौँको सामान, ट्रक र चालक समाते


महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गबाट काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १ बस्ने यम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरीले करिब ५२ लाख १० हजार रुपैयाँ बराबरका विभिन्न सामान सहित श्रेष्ठलाई आज पक्राउ गरेको हो । ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

नेपाल सरकारको स्वास्थ्य मापदण्ड लोगो नभएका लाखौँ मूल्य बराबरका गुट्खा तथा इलेक्ट्रोनिक्स सामानसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले ट्रक समेत बरामद गरेको छ । बरामद भएको ट्रकको अन्दाजी मूल्य २० लाख रुपैयाँ रहेको छ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार २१:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ