मेयर बालेन्द्रको योजना : फोहोर वर्गीकरण वडामै, तीन दिनभित्र ब्रुमर संचालन हुने


काठमाडौंं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनको नयाँ योजना सार्वजनिक गरेका छन् ।

उनले ३२ वटै वडामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नेगरी व्यवस्थापन मिलाउने निर्णय गरेका छन् । ​यसका साथै थन्किएर बसेका यान्त्रिक कुचो९ब्रुमर० पनि तीन दिनभित्र संचालनमा ल्याइने भएको छ ।

आज बसेको कार्यपालिका बैठकमा प्रमुख शाहले तीन दिनभित्र ब्रुमर संचालनमा आउने बताएका हुन् । यसअघि महानगरमा भएका ९ वटा ब्रुमर मध्ये २ वटामात्र चलिरहेको भन्दै वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले साधन भएर पनि प्रयोगमा नआएको गुनासो गरेका थिए ।

१६ नम्बर वडाका वडा अध्यक्ष मुकुन्द बोगटीले सरकारले फोहोर व्यवस्थापनको जिम्मा महानगरलाई मात्र थोपरिदिएको आरोप लगाए । उनले भने, ‘खानेपानी र ढलका लागि भनेर हामीले पैसा तिरेपनि ढलको पैसा कहाँ गएको छ, पत्तो छैन।’

नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको बैठकमा जानकारी पनि दिइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ