चुनावको बजेट खर्चबारे अनुगमन गर्न प्रहरी हेडक्वार्टरले खटायो ८ एसएसपी


काठमाडौं । प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौं उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ ।

आईजीपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् । स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

प्रदेश–१ मा सन्दिप भण्डारी, मधेश प्रदेशमा टेकप्रसाद राई, बागमतीमा श्यामलाल ज्ञवाली, गण्डकीमा भरत बोहरा, लुम्बिनीमा बुद्धिराज गुरुङ, कर्णालीमा चन्द्र कवेर खापुङ खटिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा रामदत्त जोशी र काठमाडौं उपत्यकामा दिपक थापा खटिएका छन् । अनुगमनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षकहरुले असार १ सम्ममा प्रतिवेदन दिनुपर्नेछ ।

आईजीपी सिंहले आर्थिक अनुशासन कायम भए नभएकोबारे प्रतिवेदन पेश गर्न एसएसपीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै, म्यादी प्रहरी परिचालनबारे पनि अनुगमन र पृष्ठपोषण लिन एसएसपीहरुलाई कार्यादेश दिइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार ०५:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ