मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन


विराटनगर । विराटनगर- ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडी केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था वा घर जग्गा फुकुवा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विमानस्थलको स्तरोन्नती गर्ने भन्दै सरकारले आसपासका साढे तीनसय परिवारको १ सय २६ विघा जमिन र घर दुई वर्षदेखि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि दुईवर्ष सम्म बजेटको व्यवस्था नगरेपछि उनीहरु सडकमा उत्रिएका हुन् ।

‘दुईवर्ष भन्दाबढी समय घर जग्गा रोक्का हुँदा आर्थिक संकटका वेला वित्तीय संस्थामा राखेर कारोबार गर्न पनि पाइएन’ विमानस्थल संघर्ष समितिका अध्यक्ष वेदराज पौडेलले भने, ‘हामीले आफ्नै जग्गाको मुआब्जा वा फुकुवाको माग मात्र गरेका हौं । जग्गा बेचविखन र अंशबण्डा समेत गर्न पाएका छैनौं ।

‘घरको जस्ता पाताको छानो प्वाल परेको छ । पानी परेपछि चुहिएर बसिनसक्नु छ’ अर्की पिडित सविना मगरले भनिन्,’ रकम खर्चेर छानो फेरौं कुन दिन उठाउला भन्ने चिन्ता छ । नफेरौं पानी चुहिएर बर्खा कसरी कटाउने तनाव छ ।’

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ