अनसनरत कुमारी आमा निहारिकाको अबस्था गम्भीर, अस्पतालमा भर्ना गरियो


काठमाडौं । चार दिनदेखि आमरण अनसनरत कुमारी आमा निहारिका राजपूतलाई वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ ।

राजपूतसँगै अनसन बसिरहेकी जस्मिन ओझालाई पनि अस्पताल लगिएको छ । दुवैको साँझ सात बजेसम्म मेडिकल रिपोर्ट आइसक्ने डक्टरहरूले बताएका छन् ।

२१ महिने छोरोसँगै अनसन बसेकी राजपूतले आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने माग राखेकी छन् । साथै आफ्नो घटनालाई सुरुवातदेखि नै कमजोर बनाइएकाले पुन: अनुसन्धान गरिनुपर्ने माग राखेकी छन् ।

इमर्जेन्सीमा राखिएका दुवै भोलिबाट पुनः वसन्तपुरमा अनसनमा रहने ओझाले बताइन् ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ