नेपाली फिल्म ‘कबड्डी ४’ले २० करोड रुपैयाँ कमाएर बनायो नयाँ रेकर्ड


काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी ४’ रिलिज भएको दुई साता नाघेको छ ।

रामबाबु गुरुङले निर्देशनमा तयार भएको यस फिल्मले शुरुवातदेखि नै राम्रो कमाई गर्दै आइरहेको छ । पहिलो सातामा धमाकेदार कमाई गरेको यस फिल्मले १६ दिनमा आएइपुग्दा कुल २० करोड कमाउन सफल भएको छ ।

यससँगै यो फिल्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म पनि बनेको छ । यस फिल्मले ओपनिङमै कीर्तिमान रचेको थियो । फिल्मका वितरकका अनुसार यस फिल्मले एक सातामा १५ करोड कमाउन सफल भएको थियो ।

दुई साता पुग्दा यस फिल्मले १८ करोड कमाउन सफल भएको छ । रिलिजको १६ दिनमा आइपुग्दा २० करोड कमाउन सफल भयो ।

यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ