धरानका मेयर हर्क साम्पाङ झरीमा भिज्दै खैंरे खोला पुगे, दिनरात जनताकै काममा !


धरान । धराने जनतालाई स्वच्छ खानेपानी खुवाउने मूल एजेण्डा बोकेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको भरपर्दो स्रोत खोज्दै खैंरे खोला पुगेका छन् ।

भारी बर्षा भईरहेको समयमा पनि उनि एक जना सहयोग सहित मोटरसाईलमा पानीको स्रोत खोज्दै सो खोलाको मुहानमा पुगेका हुन् ।

पानीको स्रोत कम भएकै कारण धराने जनताले स्वच्छ खानेपानीका लागि अनेकन दुःख झेल्नु परिरहेकाले स्रोत जुटाउनकै लागि आफू निर्वाचन जित्नु अघि र जितेपछि चिन्तित भएकाले भारी बर्षाको कुनै प्रवाह नगरी धरानदेखि निकै नै माथिल्लो स्थानमा रहेको खैंरे खोलाको मुहानमा आएको मेयर साम्पाङले बताएका छन् ।

उनले खैंरे खोलाको मुहानमा पानीको स्रोत निकै राम्रो रहेको र पानी पनि स्वच्छ रहेको बताए । खैंरे खोलाको पानी पाइप जडान गरि धरान लैजान साथ धेरै समस्या हल हुने उनले बताए ।

आफूले सोचेको भन्दा राम्रो पानी स्रोत खैंरे खोलामा पाएकाले अब खानेपानी बोर्डका प्राविधिकसंग छलफल गरि योजना र बजेट निर्माण गरि पानी धरान ल्याउने बताए ।

उनले धरान उपमहानगरपालिकाले ब्रिटिस वेल्फेयरसँग पनि आवश्यक सहकार्य गरि खैंरे खोलाको पानी धरान ल्याउने बताए । उनले भनेका छन् ‘अब केही समयपछि धराने जनताले खानेपानी पाउनुहुन्छ । त्यसका लागि समय लाग्छ । धैर्य गर्नु पर्छ ।’

उनले आफूले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो मुद्दालाई आफूले नछाड्ने बताए । सबै धराने जनतालाई खानेपानी खुवाएपछि मात्र आफू विजयको माला लगाउने उनले बताउँदै आएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ