माओवादी फुटाउने अन्तिम तयारीमा नारायणकाजी, प्रचण्डसँग राखे अन्तिममा शर्त


काठमाडौं । नेकपा माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठ पार्टी फुटाउने अन्तिम तयारमा रहेको खुलासा भएको छ ।

श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टी फुटबाट जोगाउन अन्तिम मौका दिएका छन् । उनले प्रचण्डलाई वाम एकताका पक्षमा उभिन दवाव दिएका हुन् ।

त्यसो नभए पार्टी फुटाएर बाम एकताको पक्षमा आफूले झण्डा उठाउने भन्दै चेतावनी दिएको नारायणकाजी निकट श्रोतको भनाई छ । त्यसका लागि श्रेष्ठले नेकपा एमालेका नेताहरुसँग छलफल चलाएका छन् ।

सोमबार विहान श्रेष्ठले एमाले अध्यक्ष केपि शर्मा ओलीलाई भेटेर बाम एकताको कुरा उठाएका थिए ।ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।

श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् ।

उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् । वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेका छन् ।

उता वर्षमान पुन निरन्तर पनि नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ