गुन्डा नाइके भेट्न डीएसपी जेलमै पुगेपछि…


काठमाडौं । नेपाल प्रहरीका डीएसपी मिलन केसीमाथि छानबिन सुरु भएको छ ।

प्रहरी वृत्त स्वयम्भूका डीएसपी केसीले जेलभित्रै गएर गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेपछि उनीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।

डीएसपी केसी बस्नेतलाई भेट्न अर्का गुन्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेका थिए । ‘उहाँ (डीएसपी)ले जेलमा गएर एक अभियुक्तलाई भेटेको विषयमा छानबिन भइरहेको छ,’ प्रहरी स्रोत भन्छ, ‘डीएसपी त्यहाँ किन गए, किन भेटे भन्ने विषयमा अनुसन्धान गर्ने काम भइरहेको छ।’

गुन्डा नाइके बस्नेत निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार २१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ