Breaking- बिवाह गर्न २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था खारेज हुने !


काठमाडौं । नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था पुनर्विचार तथा हेरफेर गरिने भएको छ ।

२० वर्ष पुगेपछि मात्रै बिहे गर्न मिल्ने व्यबस्था पुनर्विचार गर्नुपर्ने कानुन, न्याय तथा संसदीमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभको बैठकमा मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताउँदै पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ ।’

मन्त्री कोइरालाले थपे, ‘बाल विवाहमा सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित : २०७९ असार १, बुधबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ