कर्मचारीलाई तह लगाउन मेयर बालेनले ल्याए कठोर योजना, काम चोरहरुलाई तनाव


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काम चोर कर्मचारीहरुका लागि कठार कदम चालेका छन् ।

कर्मचारीहरुका कारण महानगरपालिकाले समस्या भोगेको भन्दै मेयर बालेनले काम चोर कर्मचारीहरुका लागि एक्सन लिन थालेको बताएका हुन् ।

‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं । जस्तै, हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं । गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ बु्रमर संचालन कार्यक्रममा उनले भने, ‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो ।’

उनले थपे, ‘ब्रुमर बिग्रियो भन्नुभयो । तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ । आजदेखि चलिसक्यो । रेडी भइसक्यो । रकेट साइन्स केही पनि थिएन ।’

बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो । भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए ।

साथै बालेनले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन् ।

‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ । त्यो बनाउन सकिँदो रहेछ । करोडौं लाग्दैन दुई–तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ । ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए ।

प्रकाशित : २०७९ असार १, बुधबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ