मधेस : अर्थमन्त्री साहले हिन्दी शायरीबाट सुरू गरे बजेट प्रस्तुती


जनकपुरधाम । मधेस सरकारले पनि आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हिन्दी शायरी सुनाएर बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।

‘सिर्फ हंगामा करना मेरा मोक्सद नही, सारी कोशिष है सुरत बदना चाहिए’ भन्दै अर्थमन्त्री साहले बजेट प्रस्तुत सुरु गरे । हल्ला गर्नु मात्र आफ्नो उद्देश्य नभइ अनुहार फेर्न सबै प्रयास गर्ने बताएका हुन् ।

पहिलो पटक बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको र यो बजेटले प्रदेशको विकास समृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताएका छन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब बढाएर ४२ अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ ।

प्रकाशित : २०७९ असार १, बुधबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ