त्रिभुवन विमानस्थलमा यस्तो के भयो ? उद्धार गर्न सेना र प्रहरीलाई हम्मे हम्मे !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखियो । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको जस्तो देखियो ।

दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालित थिए । विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता थियो ।

‘दुर्घटना’पछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित भयो । दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध भयो । हवाई सेवा लिने सेवाग्राही प्रभावित बने ।

तर, सुखद पक्ष यो ‘दुर्घटना’बाट विमानमा कुनै क्षति पुगेन । जनधनको क्षति भएन । कसैमा डर, त्रास देखिएन । कारण, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको संयोजनमा पूर्ण संकटकालीन अवस्थाको अभ्यास भइरहेको थियो ।

त्यसैले दुर्घटना र उद्धारका सबै दृश्य बनावटी थिए । सेना, प्रहरीले आपत्कालीन उद्धारको अभ्यास गरेका हुन् ।

प्रकाशित : २०७९ असार १, बुधबार १८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ