मधेसका सरकारी कार्यालयले चारपाङ्ग्रे गाडी खरिद गर्न नपाउने !


जनकपुरधाम । मधेस प्रदेशका सरकारी कार्यालयले अगामी आर्थिक वर्षमा चारपाङ्ग्रे गाडी खरिन गर्न पाउने छैन् ।

अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै मधेसका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सरकारी कार्यालयले चारपाङ्ग्रे खरिद गर्न नपाउने जानकारी दिएका हुन् ।

आज अर्थमन्त्री साहले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएको छ ।

– पर्यटन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लहान, वीरगञ्ज र जनकपुरमा पर्यटन कार्यालय स्थापना गरिने ।
– मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २८ करोड विनियोजन ।

– हरेक स्वास्थ्य केन्द्रमा एक/एक जना एमबीबीएस डाक्टर उपलब्ध गराउन र टोल क्लिनिक सञ्चालन गर्न १५ करोड ५१ लाख रुपैया ।
– धनुषाको नगराइनमा रहेको शहिद दुर्गानन्द अस्पताल सञ्चालन गर्न २ करोड रुपैया ।

प्रकाशित : २०७९ असार १, बुधबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ