मधेस : आफैले चलाएको ट्याक्टरमा च्यापेर साहको मृत्यु


सर्लाही । आफैले चलाएको ट्याक्टरमा च्यापिएर एक पुरूषको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका ६ मा ज १ त ३८२४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीय रवीन्द्र साह सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चन्द्रनगर गाउँपालिका ५, मोहनपुर बस्ने चालक सोनारको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

लखन्देही खोलामा तटबन्धका लागि ढुंगा झारेर फर्किदै गरेको ट्याक्टर पल्टेको परेको स्थानीयले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रकाशित : २०७९ असार १, बुधबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ