‘चुरे जोगाउ, मधेस बचाउ’ अभियानका लागि १८ करोड बजेट विनियोजन


काठमाडौं । मधेस प्रदेशले चुरे क्षेत्रको संरक्षण र संवर्द्धनका लागि चुरे जोगाउ‚ मधेस बचाउ अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै चुरे बचाउँ अभियानका लागि १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

सो अभियानअन्तर्गत चुरे संरक्षण, भूक्षय तथा पहिरो नियन्त्रण, वृक्षारोपण, जलाशय, पोखरी निर्माण, तालतलैया संरक्षण लगायत कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

प्रकाशित : २०७९ असार १, बुधबार २२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ