मधेस : अब दलित बालबालिका पढ्नका लागि वार्षिक २ हजार रुपैयाँ पाउने


जनकपुरधाम । मधेस प्रदेश सरकारले दलित समुदायका बालबालिकाको विद्यालय भर्नादर बढाउन र साक्षरतादर माथि उठाउन दलित शिक्षा अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै डोम, मुसहर, चमार, दुषाध र हलखोर जातिका बालबालिकालाई वार्षिकरुपमा प्रतिविद्यार्थी २ हजार रुपैयाँ दिने गरी २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार त्यस्तो रकमले दलित समुदायका बालबालिकालाई विद्यालयमा ल्याई साक्षरतादरमा वृद्धि गर्न र स्कुल छाड्ने दरलाई न्यून गर्न सहयोग पुर्‍याउनेछ ।

त्यस्तै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदेश सरकारले उच्च प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ