ड्युटीमा खटेका नगर प्रहरीका लागि मेयर साम्पाङ आफै खाजा र पानी बोकेर पुगेपछि…


धरान । धरानका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रमा सुरक्षामा खटिएका नगर प्रहरीलाई भेट्न आँपगाछी पुगेको फोटो र भिडिओ भाइरल बनेको छ ।

पहरामा रहेका नगरप्रहरीको लागि खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए ।

उनले नगर प्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि कोही कसैले अटेर गरे गाडीको नम्बर नोट गर्न निर्देशन दिएका छन् ।

मेयर साम्पाङ्गले अरु नगर प्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेका थिए । धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगर प्रहरीको परिचालन गरिएको थियो ।

नगर प्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ ।

अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने, दिशापिसाव गर्ने जस्ता कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगर प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ