सशस्त्रका इन्स्पेक्टर डा. साहलाई कारबाही गर्ने गृहको तयारी


जनकपुरधाम । गृह मन्त्रालयले सर्लाही हरिपूर्वा नगरपालिका ९ निवासी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टर सुजितकुमार साहलाई कारवाही गर्ने तयारी गरेको छ ।

उनी काठमाडौंस्थित एपिएफ अस्पताल, बलम्बुमा कार्यरत छन् । उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा लामो समयसम्म अनुपस्थित रहेको गृह मन्त्रालयले विहिवार जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी कारवाही गर्न लागिएको जनाइएको छ ।

कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि साहलाई गृहले समय समेत दिएको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ