एक अर्ब बढी रुपैयाँको ५१ किलो हिरोइन सहित ७ विदेशी नागरिक पक्राउ


काठमाडौं । प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । यी महिलाहरु ६ वटा समूहबाट संचालित भएको प्रहरी अनुसन्धानका खुलेको छ।

ती समूह संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथमा सेतो हिरोइन र खैरो हिरोइन भेटिएको छ।

बरामद लागू औषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ।अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ।

काठमाडौंको ठमेल र त्यसको वरपर गरिसएको एक हप्ता लामो अपरेसनका क्रममा विदेशी नागरिकहरु पक्राउ परेका हुन् । फ्लाइ दुबईको उडान हुँदै विभिन्न मितिमा ती महिलाहरु नेपाल आएका थिए ।

यस्तै, कतार एयरलाइन्स हुँदै पनि एक महिला लागू औषध सहित काठमाडौं ओर्लिएकी थिइन् । सबै महिलाहरुबाट बरामद हिरोइनको बजार मूल्य १ अर्ब २ करोड रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ल अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ