अब पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने, नबढाए महिनामै ९ अर्ब ६३ कराेड घाटा लाग्ने !


काठमाडाैं । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नाै रुपैयाँ २८ पैसा पुगेको निगमले विज्ञप्तिमा जनाएकाे छ ।

यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्राेलमा ९५ कराेड, डिजलमा दुई अर्ब ९१ कराेड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ कराेड रुपैयाँ घाटा हुने निगमकाे दाबी छ ।

यस्तै मासिक पेट्राेलियम पदार्थमा नाै अर्ब ६३ कराेड रुपैयाँ घाटा हुने विज्ञप्तिमा जनाइएकाे छ । त्यसैले अब पुन: पेट्राेलियम पदार्थको मूल्य बढाउने सम्भावना बढेको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ