राजेश हमाल पनि चुनाव लड्ने तयारीमा, रवि लामिछानेको साथ !


काठमाडौं । नेपाली चलचित्र उद्योगका सफल कलाकार हुन् राजेश हमाल । राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन् ।

हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन् । हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ ।

कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ । हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ ।

हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन् । उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन् ।

हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ । – नेपाल खबर

प्रकाशित : २०७९ असार ३, शुक्रबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ