गाली गरेको अडियो मन्त्री आलेका लागि काल बन्यो, राजिनामा दिन निर्देशन


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

पाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो बाहिर आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’

मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् । यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई फेसबुक मेसेन्जरमार्फत गालीगलौज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ ।

एकीकृत समाजवादीले यसअघि नै पर्यटनमन्त्री आलेसहितका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ