औरही : बाढीले सडक बगाएको ठाउँमा अध्यक्ष यादवको निर्देशनमा बन्यो अस्थायी पुल


जयनाथ यादव, सिरहा । गागन नदीमा आएको बाढीले भत्काएको हुलाकी सडकमा औरही गाउँपालिकाले अस्थायी पुल निर्माण गरेपछि आवत जावत गर्न सहज भएको छ ।

औरही गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पुल समयमा निर्माण नभएपछि होमपाइप राखेर अस्थायी सडक बनाइएको थियो । उक्त होमपाइप बाढीले बगाएपछि आवत जावत गर्न निकै समस्या भइरहेको थियो ।

गाउँपालिका अध्यक्ष शिवजी यादवले तत्कालै बजेट दिएर अस्थायी पुल (लचका) बनाउन लगाएको हो । लचका मर्मत र हेरचाहका लागि केहि दिन प्रति मोटरसाइकल यात्रुसँग १० रुपैयाका दरले उठाइयो । तर जनताले गुनासो गरेपछि अध्यक्ष यादव रुपैयाँ नउठाउन निर्देशन दिएपछि अहिले निःशुल्क गरिएको छ ।

बाढीले हुलाकी सडकमा क्षति पुर्याएका कारण अहिले चारपांग्रे सवारी साधन आउनरजान सकेका छैन । वर्षायाममा हरेक वर्ष गागन नदीले औरहीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ