काठमाडौंमा मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि


काठमाडौं । दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले बताए ।

‘मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो। तर मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ’, उनले भने, ‘उहाँलाई एक महिनादेखि लक्षण देखिएको छ । अहिले छाला रोग विशेषज्ञको निगरानीमा हुनुहुन्छ । उपचार सुरु भइसकेको छ । यसको प्रकृया पुगेपछि चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरिनेछ ।’

बिहीबार दुबईबाट नेपाल फर्किएका एक व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ