गगनलाई एमाले सांसदको प्रश्न- अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने ?


काठमाडौं । एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी सेना आउँदैन, सेना आएमा आफूलाई नागरिकता छिनेर थानकोट कटाइयोस् भनेका थिए ।

अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन् ।

‘१० बुँदे सहमतिमा नेपालमा सेना राख्ने र नेपाली सेनाजस्तै अधिकार दिनुपर्छ भनिएको छ । यसअघि नेपालमा अमेरिकी सेना आउँदैन भनेर कुरा उठेको थियो,’ उनले भनिन्, ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झुण्डिनेसमेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो । अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने मेरो प्रश्न छ ।’

प्रकाशित : २०७९ असार ३, शुक्रबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ