Breaking- जनकपुरमा मिटर ब्याजीलाई पीडित महिलाहरुले गरिन् धुलाई !


जनकपुरधाम । जनकपुरमा एक मिटर ब्याजीलाई पीडित महिलाहरुले धुलाई गरेकी छन् । प्रहरी कार्यालय अगाडी नै यो घटना भएको हो ।

पीडितहरुले मिटरब्याजी धनुषाको धनुषाधाम नगरपालिका ५ का सुरेश यादवविरुद्ध प्रहरीमा उजुरी गरेको थियो । त्यसपछि प्रहरीले छलफलका लागि उनलाई बोलाएको थियो ।

छलफल गर्न प्रहरी कार्यालय आएका उनले जथाभावी बोल्न लागेपछि आक्रोशित पीडित महिलाहरुले हातपात गरेको बताइएको छ ।

यादवले सयौं ब्यक्तिलाई ऋण दिएको र उनीहरुसंग कैयौं गुणा रकम असुले पनि कागज दिएका छैन् । साथै कतिपय गरिबबाट रकम असुलिसकेपछि पनि कागज अदालतमा लगाएर पुन: रकम असुलेको पीडितहरु बताउछन् ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ