यी तीन देशले आयोजना गर्नेछन् सन् २०२६ को विश्वकप फुटबल


फिफाले विश्वकप फुटबल २०२६ को आयोजना गर्ने देशहरु सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने विश्वकप फुटबल तीन देशमा आयोजना हुनेछन् ।

सो विश्वकप अमेरिकाका ११ शहरका साथै मेक्सिकोका तीन र क्यानडाका दुई भेन्यूमा आयोजना हुने फिफाले बिहीवार बताएको हो ।

विश्वकप आयोजना गर्ने १६ शहरहरूमा एटलान्टा, बोस्टन, डलास, ग्वाडालाजारा, ह्युस्टन, क्यान्जस सिटी, लस एन्जलस, मेक्सिको सिटी, मायमी, मोन्टेरे, न्यूयोर्करन्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सिएटल, टोरन्टो र भ्यानकुभर रहेका छन् ।

फिफाका अधिकारीहरूले आगामी दिनमा १६ मध्ये कुन शहरले समूह खेलहरू आयोजना गर्ने र कुनले एलिमिनेशन राउन्ड खेलहरू आयोजना गर्ने भन्ने निर्णय गर्नेछन् ।

२०२६ मा हुने पुरुष विश्वकपमा पहिलो पटक ४८ वटा टोलीहरू सहभागी हुनेछन् भने पहिलो पटक नै विश्वकप तीन देशहरूमा खेलाउन लागिएको हो ।

अमेरिकाले दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको हो। यसअघि सन् १९९४ मा पहिलो पटक अमेरिकाले विश्वकप आयोजना गरेको थियो । सन् १९७० र १९८६ मा आयोजना गरेको मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्न लागेको छ ।

क्यानडाले भने पहिलो पटक पुरुष विश्वकप फुटबलको आयोजना गर्दैछ । यद्यपि, सन् २०१५ मा क्यानडाले महिला विश्वकप भने आयोजना गरेको थियो ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार २१:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ